कर्णालीमा उत्पादित विद्युत पहिलोपटक राष्ट्रिय प्रशारण लाईनमा जोडियाे

सुर्खेत – कर्णालीमा पहिलोपटक उत्पादन भएको विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ । दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुईवटा जलविद्युत् आयोजनाबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान गरिएको हो ।

दैलेखबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान कर्णाली प्रदेशकै पहिलो हो । नौमुले गाउँपालिका वडा नं. ३ मा निर्माण भएको ३.७५ मेगावाट र सोही गाउँपालिकाको वडा नं. ४ मा निर्माण भएको ४.५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सफल परीक्षण भएको हो ।

नेपाल विद्युत् प्राधिकरण दैलेख केन्द्रका अनुसार कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखका केहि स्थानमा विद्युत् अवरुद्ध हुने समस्या समाधान हुने भएको छ ।