कर्णाली प्रदेशको क्रिकेट प्रशिक्षकमा वीरेन्द्र शाही नियुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ७ प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ ।

क्यानले कर्णाली प्रदेशका लागि वीरेन्द्र शाहीलाई प्रशिक्षकमा नियुक्त गरेको छ । यस्तै प्रदेश १ मा पुष्प थापा, प्रदेश-२ मा प्रकाश शर्मा र सुनील शाह, बागमती प्रदेशमा सञ्जय महर्जन र गण्डकी प्रदेशमा रिजन, लुम्बिनी प्रदेशका लागि बसन्त शाही र जमिल अन्सारी र सुदूरपश्चिम प्रदेशमा खेमराज भट्ट र जानकी भट्ट प्रशिक्षकमा नियुक्त भएका छन् ।