सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत – सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका १४  वडाका ३६ वर्षीय धनराज सलामी रहेका छन् ।

छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान ९ः३० बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए । उपचारको लागि मेहलकुना अस्पताल पुर्याउँदा अस्पतालले मृत्य घोषणा गरेको प्रहीले जनाएको छ।