सरकारी अधिकृत छोडेर कांग्रेसको राजनीतिमा : कुमाख गाउँपालिका अध्यक्षमा दाबी

नेपाल सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको निर्बाचन घोषणा गरे संगै सल्यानको कुमाख गाँउपालिमामा चुनावी सरगर्मी बढ्न थालेको छ।राजनितिक दलहरु आन्तरिक छलफलमा र गृहकार्यमा जुट्न थालेका छ्न भने चोक चौतारा र चिया पसलमा चुनाबकै चर्चा सुरु भएको छ । चुनावी माहोलको सरगर्मी संगै आँकाक्षी उमेदवार पनि चर्चा हुना थालेको छ ।यसैक्रममा कुमाख गाँउपालिकाको अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसको तर्फबाट ३ जनाले आफ्नो आँकाक्षा देखाएका छन । आँकाक्षी मध्येका एक हुन राजेश कुमार रेग्मी ।

लामो समय सरकारी सेवामा रहदै कर्णालीका विभिन्न जिल्लामा सेवा गरेका रेग्मी गाउँपालिका अध्यक्ष उठ्नकै लागि सरकारी सेवाको लेखा अधिकृत बाट राजिनामा दिएको बिषयले झन माहोल तताईरहेको छ सल्यानको कुमाख गाउँपालिकामा । भूमिका मात्रै फरक हुने हो- हिजो पनि जनताकै सेवामा थिए अब झन नजिक बाट जनताको सेवा गर्ने लक्ष्य साथ राजनीतिक यात्रामा होमिएको बताउने रेग्मी कुमाख- ४ सल्यानका स्थायी वासिन्दा हुनुहुन्छ, दृश्यमा देखिएका अन्य पार्टी र काङ्ग्रेस भित्रकै अन्य उमेदवारको तुलनामा रेग्मी अब्बल अनि बलियो उमेदवार रहनु भएको स्थानीयहरु बताउछ्न । प्रशासनिक क्षेत्रबाट जनताको सेवा गरिसक्नु भएका रेग्मीको आगमनले कुमाखी जनतामा विकास र सम्मृद्दीको ढोका खोल्न सक्ने स्थानीयहरुको अपेक्षा रहेको छ ।

नेपाली काङ्ग्रेसको सक्रिय राजनिती र कुमाख गाँउपालिकाको अध्यक्ष पदमा उठ्नकै लागि सरकारी अधिकृतबाट राजिनामा गर्ने राजेश कुमार रेग्मी को हुन ?

कुमाख गाँउपालिका वडा नं ४ स्यानिपिप्ली निवासी पिता हरि प्रसाद रेग्मी र माता पदमा कुमारी रेग्मीको कोखबाट २०२८ साल साउन २८ गते जन्मिनु भएका राजेश कुमार रेग्मी समाजसेवा तथा राजनितिमा सक्रिय हुनुहुन्छ । सानै उमेरदेखि राजनितीमा रुचि राख्ने  रेग्मी निरन्तर रुपमा नेपाली काङ्ग्रेस र यसका भातृ तथा शुभेच्छुक संगठनहरुका विभिन्न भूमिका,जिम्मेवारीमा सक्रिय हुनुहुन्छ । राजनीतिमा सक्रिय रहदा रहदै २०५४ साल असारमा सरकारी सेवामा प्रबेश गर्नुभएको थियो । जिम्मेवारीलाई सफलता र ईमान्दारिताको साथ निभाउनु गर्नुपर्छ भन्ने रेग्मी २०४७ मा महेन्द्र बहुमुखी क्याम्पस नेपालगंन्जमा ने.वि. संघको ईकाई कार्यसमितिमा सदस्य रहनुभएको थियो । २०५४ मा नेपाली काङ्ग्रेसको कृयाशिल सदस्यता समेत प्राप्त गर्नु भएका रेग्मी , ने.वि. संघ सल्यानको सहसचिब पदमा रहि सक्नु भएको छ । सरकारी सेवामा रहदा पनि काङ्ग्रेसको शुभेच्छुक संस्थाको सक्रिय राजनितिमा रहनु भएका २०५४ मा नेपाल निजामती सेवा कर्मचारी संघको डोल्पा जिल्ला अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो भने २०६३ मा नेपाल निजामती कर्मचारी युनियन बांकेको कोषाध्यक्ष, २०६४ मा निजामती कर्मचारी युनियन जाजरकोटको अध्यक्ष ,२०६७ मा नेपाल निजामती कर्मचारी युनियनको डोल्पा बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि, २०७१ र ०७४ नेपाल निजामती कर्मचारी युनियन बांकेबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि,२०७८ मा निजामती कर्मचारी युनियन रोल्पाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि हुँदै नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा कुमाख गाँउपालिका वडा नं ४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि बन्नु भएको थियो ।दिनदुखीको सेवा र आपतविपतमा परेकाहरुलाई स्वस्फूर्त रुपमा सहयोग गर्नुपर्छ भन्ने रेग्मी मानवधिकार तथा शान्ती समाज संग पनि आवद्व हुनुहुन्छ ।

विद्रोही स्वाभावका रेग्मी पन्चायतकालिन अवस्थामा पनि जनताका अधिकार र प्रजातान्त्रिक पद्धतिको स्थापनाका लागी विभिन्न रुपबाट आन्दोलनमा सरिक रहनु भएको थियो। सरकारी सेवाको दौडान डोल्पा,बांके,जाजरकोट,दाङ र रोल्पा रहँदा नेपाली काङ्ग्रेसका जिल्ला पार्टी सभापति,पदाधिकारी समेतको नजिकमा रहेर पार्टी संगठन,निजामती कर्मचारीको युनियनको संगठन बिस्तारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सक्रिय राजनिती गरेकै कारण निडर र सक्षम युवा नेताको रुपमा जिल्लामा परिचित हुनुहुन्छ भने कुमाखमा संम्भावना बोकेको लोकप्रिय नेताको रुपमा हेर्न थालिएको छ ।

आफू कुमाख गाँउपालिकाको अध्यक्ष भए कुमाखका जनताको सपना र आशा अनुसार सबै बिकासका कामहरुमा इमान्दारीतापूर्वक लाग्ने,तलब र सेवा सुबिधा पनि आफुले नलिई सामाजिक कार्यमा लगाउने  वताउनु भएका रेग्मीले यो पटक पार्टी र कुमाखी जनताले आफुलाई विश्वास गरि जिम्मेवारी दिने कुरामा विश्वस्त भएको बताउनु भयो ।

कुमाख गाँउपालिकाको अध्यक्ष पदमा निर्वाचन उठ्नकै लागि २०७८ फाल्गुन ३० गते रेग्मीले अधिकृत पदबाट राजिनामा दिएर चुनावी तयारीमा जुट्नुभएको छ ।आफुसंग दुरदृष्टि सहितको योजना भएकोले कुमाख गाँउपालिकाको सरकार चलाउने आफ्नो आँकाक्षा रहेको रेग्मीले बताउनु भयो ।