सुर्खेतमा लघुवित्त वित्तीय संस्थाका प्रमुखलाई कालाेमाेसाे

 

सुर्खेत – क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले सुर्खेतको एक लघुवित्तका हाकिमलाई कालोमोसो दलेका छन् ।

गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख दीपेन्द्र कटेललाई बिहीबार अपराह्नतिर तीन जनाको समूहले कालोमोसो दलेका हुन् ।

प्रहरीले मासो दल्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका –९ बोटेचौरका २० वर्षीय हरि घर्ती मगर र मुगुको सोरु गाउँपालिका– ८ का १६ वर्षीय सन्दीप विक रहेका छन् ।

संस्थाले असुलीको नाममा जनतालाई त्रसित गरी घरवार छोड्न बाध्य पार्ने, हातपात गर्ने, चरित्र हत्या गर्ने खालको गतिविधि गरेको लगायतका कारण कारबाही गरिएको क्रान्तिकारी युवा संगठनले बताएकाे छ ।