तारा एयरले भन्यो: खोजी कार्य जारी छ

पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको सम्पर्कविहीन जहाजका पाइटल प्रभाकर घिमिरेको मोबाइल फोन लागेको छ । तर, उनको फोन ‘रिसिभ’ भएको छैन ।

प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । प्रहरीका अनुसार सो मोबाइलको लोकेसन मुस्ताङको थासाङ क्षेत्रमा देखिएको छ । सोही क्षेत्रमा खोजी कार्यका लागि सुरक्षाकर्मीको टोली जाँदै छ ।

ताराको ट्विनअटर ९एनएईटी जहाज मुस्ताङमा अवतरणको समयनजिक आज बिहान १० बजेर ७ मिनेटमा जाँदा सम्पर्कविहीन भएको थियो । जहाज पोखराबाट जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको थियो । जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार छन् ।