विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पाटीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते काठमाण्डौमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराउनुभएो हो ।


एमसीसी राष्ट्रियता सँग सम्बन्धित मात्र नभइं देशको जलस्रोत लगायत अन्य प्रकृति संरक्षणको विषय समेत रहेको बताउँदै उहाँले यसको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । एमसीसीको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संसद्बाट एमसीसी पास गराउने षड्यन्त्र भइरहेको जानकारी गराउँदै उहाँले एमसीसीको विरुद्धमा पार्टीले आन्दोलनको कार्यक्रम घोषणा गरेको जानकारी गराउनु भयो ।