कुमाख-४ का नवनिर्वाचित वडा अध्यक्ष बस्नेत द्वारा पदभार ग्रहण

सल्यानको कुमाख गाँउपालिकाको वडा नं ४ बाट नेपाली काँग्रेसबाट प्यानल सहित बिजयी बनेका नवनिर्वाचित वडा अध्यक्ष शोभिलाल बस्नेतले पदभार ग्रहण ग्रहण गर्नु भएको छ।

पदभार ग्रहण गरेसंगै ४ नं वडामा रहेका जेष्ठ नागरिक,अपाङ्गता भएका ब्यक्तिहरुलाई बैंकिङ प्रणाली बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ना निकै कठिन भएकोले अब बैंकसँग सहकार्य गरेर प्रत्येक गाँउटोल पुगेर सुरक्षा भत्ता बितरण गर्नको लागि आफुले पहलकदमी लिने वडा अध्यक्ष बस्नेतले बताउनुभयो।

नेपाली काँग्रेसको प्रतिनिधिका रुपमा चुनाव लडेपनी निर्वाचित भएपछी साझा जनप्रतिनिधी भएकोले आफुले कुनै पनि राजनितिक दल बिशेषलाई प्राथमिकतामा नराखी समग्र वडाको विकास निर्माणमा कटिबद्ध रहने अध्यक्ष बस्नेतले बताउनु भयो ।

वडा अध्यक्ष बस्नेतले वडाको विकासका लागि वडावासीकै सुझाव अनुसार योजना बनाएर नमुना वडा बनाएरै छाडने प्रतिबद्द्ता समेत व्यक्त गर्नु भयो ।