करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु, एक जना घाईते

दाङ – दाङको मसुरियामा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–३, मसुरियामा घरको आँगनमा उभिएको बेला विद्युतको तार चुडिएर करेन्ट लाग्दा स्थानीय ५५ वर्षिया दिलसरा केसी र उनका ४ वर्षिय नाती कृष्ण केसीको मृत्यु भएको हो ।

सगैं करेन्ट लाग्दा अर्का ६० वर्षिय गोरखबहादुर केसी गम्भिर घाईते भएका छन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ ।

नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको हो ।