शीतल क्याम्पस संचालक समिति अध्यक्षमा खुम बहादुर खड्का

शीतल क्याम्पस चौरजहारी रुकुम पश्चिमको  संचालक समिति अध्यक्षमा खुम बहादुर खड्का चयन हुनु भएको छ। आज शीतल क्याम्पस  चौरजहारीमा सम्पन्न क्याम्पस सभा सदस्यहरुको भेलाले खड्काको नेत्तृत्वमा १४ सदस्यीय संचालक समिति गठन गरेको हो। खड्का नेकपा माओवादी केन्द्र चौरजहारीका उपाध्यक्ष समेत रहनु भएको छ ।

क्याम्पस सभाले खड्काको अध्यक्षतामा उपाध्यक्षमा नारायण खनाल सदस्य सचिवमा क्याम्पस प्रमुख चन्द्र बहादुर चन्द सदस्यमा रमेश लामिछाने, यदु राना, प्रेम सुनार, हुकुम बिसी, अर्जुन लामिछाने, रेशम केसी, शशिराम बिक र उमादेवी सुनार लाई चयन गरेको छ । यसै गरी सदस्यमा चौरजहारी नगरपालिका प्रतिनिधि, त्रि.बि प्रतिनिधि र स्ववियु प्रतिनिधि सदस्यका रुपमा रहनु हुनेछ ।