कर्णालीका हिमाली जिल्लामा भारी हिमपात

सुर्खेत – कर्णाली प्रदेशका हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भइरहेको छ ।

भारी हिमपातका कारण यी जिल्लाहरुमा यातायात र सञ्चार सेवा समेत प्रभावित बनेको छ भने त्यहाँको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी चिसोबाट बढी प्रभावित भएका छन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ ।

सडक र विद्युत नपुगेका हिमाली क्षेत्रमा सौर्य ऊर्जाबाट सञ्चालन हुने त्यहाँका फोन सेवा बन्द छन् ।

कर्णालीका अन्य जिल्लाहरुमा पनि वर्षा भइरहेको छ ।