नेपालगञ्ज–गुलरिया सडक कालोपत्र हुँदै


बाँके – हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ ।

नन्दनी मिलबाट सुरु भएको कालोपत्रको काम अहिले जानकी गाउँपालिकाको मानपुर क्षेत्रसम्म पुगेको छ ।

११.६ किलोमिटर चार‘लेन’ र १६.२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको हो ।

मूल्य अभिवृद्धि करबाहेक रु दुई अर्ब ७८ करोड २९ लाखमा निर्माणको जिम्मा शर्मा एण्ड कम्पनीले पाएको हो । कम्पनीले एक वर्षको अवधिमा करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको जनाएकाे छ ।