रुकुम पश्चिमको आठबीसका २५ घर बाढीपहिरोको जोखिममा


 

रुकुम पश्चिमको आठबीस नगरपालिका–७ स्थित घट्टे खोला गाउँका २५ घर बाढीपहिरोको उच्च जोखिममा छन् । घट्टे खोला बढेर गाउँमा पस्दा त्यहाँका नागरिकहरु बिस्थापीत भएका हुन् ।

मंगलबार १० गतेदेखि परेको पानीका कारण घट्टे खोलामा पानीको बहाव बढेर गाउँमा पसेकोले बाढी र पहिरोको जोखिमका कारण स्थानिय पिडितहरु आफन्तको घरमा सरण लिन बाध्य छन् ।

चुनाब जित्ने होडबाजीका कारण खेतियोग्य जमिनमा सडक निर्माणका लागी कुनै डी पी आर तयार नगरेर अब्यबस्थित सडक खन्दा बाढीपहिरोको उच्च जोखिममा परेको स्थानिय युवा सुर्य बटाला बताउछन् ।

उनले जनतालाई क्षणिकको सजिलो देखाएर गाँसबास खोस्ने राजनीति कुनैपनि दलले नगर्न आग्रह गरे । साथै बाढि र पहिरोको उच्च जोखिमका कारण स्थानिय बसिन्दाले उब्जनी गरेर जिवन यापन गर्ने खेतबारीहरु बगरमा परिनत भएकोले पिडितलाई राहत दिन समेत स्थानिय सरकारलाई आग्रह गरे ।

स्थानीय तहको समन्वयमा ५ जना प्रहरीको टोली खटिएको र त्यहाँ अहिलेसम्म कुनैपनि मानवीय क्षति नभएको स्थानिय प्रहरीले बताएको छ ।