जाजरकोटको नलगाडमा जिप दुर्घटना, २ जनाको मृत्यु

जाजरकोट – नलगाड नगरपालिका-५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरकाे यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारेकोट-२ का ३० वर्षीया शान्ति रोकाय र नाम नखुलेका पुरुष भएको डिएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।