रुकुममा पत्रकारहरुको निःशुल्क आँखा जाँच तथा उपचार शिविर संचालन

नेपाल पत्रकार महासंघ रुकुमको छैटौं जिल्ला अधिबेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल एक वर्ष पुरा भएको अवसरमा निःशुल्क आँखा जाँच तथा उपचार शिविर संचालन गरिएको छ ।

नेपाल पत्रकार महासंघ रुकुमको समन्वयमा आँखा उपचार केन्द्र सल्लेमा पत्रकारहरुको आँखा जाँच तथा उपचार शिविर संचालन भएको हो ।

आँखा उपचार केन्द्र सल्लेको सहयोगमा जिल्लामा क्रियाशिल संचारकर्मीहरुको लागि निःशुल्क आँखा जाँच तथा उपचार शिविर आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

सधै फ्रन्टलाईनमा रहेर काम गर्ने संचारकर्मीहरुको नियमित स्वास्थ्य जाँच आवश्यक रहेको र पत्रकारहरुले पेशागत व्यस्तताले आफ्नो स्वास्थ्यको ख्याल कम गर्ने पाईएकोले निःशुल्क शिविर संचालन गरिएको अध्यक्ष केसीले बताउनु भयो ।