लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

बुटवल – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले माओवादी गठबन्धनको तर्फबाट गिरी ५८ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा एमालेका लुम्बिनी प्रदेश संसदीय दलका नेता, एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह-इन्चार्ज रहेका गिरीलाई मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसांसदले समर्थन गरेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा एमाले नेतृत्वको सत्ता समीकरणमा स्वतन्त्र २ सांसदसमेतको संख्या जोड्दा गिरीलाई समर्थन गर्ने सांसदको संख्या ५८ पुगेको छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र जसपाका४/४, जसपा, जनमत र लोसपाका ३/३ सदस्य छन् । त्यस्तै नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य छन् ।