नेपाली कांग्रेसले स्थानीय तहको चुनावको प्रचार अभियानका लागि देशभर केन्द्रीय सदस्य खटाएको छ। कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्दैछ। सो अभियानका लागि जिल्ला-जिल्लामा केन्द्रीय सदस्य खटाएको हो।
कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको छ। रुकुम पूर्व र पश्चिमको जिम्मेवारी क्रमश: रुपा वि.क र शुसिला थिङलाई दिईएको छ ।
यी हुन कर्णाली प्रदेशको जिम्मेवारी पाउने केन्द्रिय सदस्य
१. रुकुम पश्चिम- शुसिला थिङ
२. सल्यान- राजिव बिक्रम शाह
३. डोल्पा- डा. गोपाल दहित
४. जुम्ला- कृष्णकिशोर घिमिरे
५. मुगु- कर्ण बहादुर बुढा
६. हुम्ला- योगेन्द्र चौधरी
७. कालिकोट- बाबुराम बस्नेत
८. जाजरकोट- जीवन राना
९. दैलेख- जानकी सिंह
१०. सुर्खेत- मान बहादुर नेपाली

हेलो कर्णाली । २५ फाल्गुन २०७८, बुधबार १०:२९