सुर्खेत – वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा व्यवसायी र स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् ।
माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न ३५ दिने सुचना मार्फत अनुरोध गरेको थियो ।
व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो ।
नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका थिए भने केही व्यापारीहरु प्रतिकारमा ढुङ्गा मुढामा उत्रिएका थिए ।
स्थानीयबासिन्दाको आक्रमणबाट डोजरको सिसा फुटेको छ भने सो क्रममा एक कर्मचारी समेत घाइते भए पछि नगरपालिकाको डोजर पछि हटेको छ ।
झडपमा स्थानीयबासिन्दाले नगरपालिकाका कर्मचारी र डोजरमाथि आक्रमण गरे पनि प्रहरी भने घटना हेरेर बसिरहेको थियो । प्रहरीले माथिबाट आदेश नआएको आफूहरु एक्सनमा नगएको बताएकाे छ ।
नगरले डोजर चलाएपछि उक्त क्षेत्रमा १२५ जना साना व्यवसायीहरू विस्थापित हुने देखिन्छ ।
हेलो कर्णाली । ३० फाल्गुन २०८०, बुधबार २२:३५