प्रेम ब.ओलीको संकल्प: जनयुद्दका घाईते र अपांगलाई निशुल्क उपचार र रोजगारीको ग्यारेन्टी

 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली काङ्ग्रेस र एमालेका तर्फ बाट साझा मेयर उमेदवार रहनु भएका प्रेम बहादुर वलीले विभिन्न आन्दोलन र सशस्त्र युद्द्का घाईते तथा अपांगलाई निशुल्क स्वास्थ्य उपचार र जीवनयापनमा सहजता लागि रोजगारीको ग्यारेन्टी सहितको १२ बुदे संकल्प पत्र सार्वजनिक गर्नु भएको छ । संकल्प पत्र सार्वजनिक गर्दै वलीले  “हिजो देश परिवर्तनका नाममा युद्दमा लाग्न बाध्य बनाईएका तर आज माओवादी सत्तामा भएर पनि  इमान्दार कार्यकर्तालाई उपेक्षा गरि पाखा लगाईएको हुदा, आफू मेयरमा निर्वाचित भए पछि विना कुनै पूर्वाग्रह व्यबस्था परिवर्तनका लागि लडेका सबैलाई पहिलो प्राथमिकतामा राखिने बताउनु भयो ।” चौरजहारी नगरवासी मतदातालाई पत्र लेख्दै मेयर उमेदवार वलीले सबैको घर दैलोमा पुग्ने चाहाना हुदा हुँदै पनि समय अभावका कारण पुग्न असमर्थ भएकोमा दुखी हुँदै  निर्वाचन पछि भने सबैको घर दैलोमा पुग्ने वाचा गर्नु भएको छ ।

मेयर निर्वाचित भए पछि सरकारी सेवा सुबिधा नलिने सार्वजनिक घोषणा गर्नु भएका वलीले कुनै पनि खाले  भ्रष्टाचार नगर्ने र गर्न नदिने, जातका आधारमा भेदभाव र महिला हिंसा लगायत सबैखाले अपराध गर्नेलाई कडा कानुनी उपचार खोज्ने, नातावाद कृपावादमाको आधारमा नभई योग्यता र क्षमताको आधारमा सबैलाई समान अवसर दिईने लगायतका सङ्कल्पहरु प्रस्तुत गर्नु भएको छ ।