चैत मसान्तभित्र सबै विद्यालयमा पुस्तक पुग्ने जनक शिक्षाकाे दाबी

काठमाडौं – जनक शिक्षा सामाग्री केन्द्रले आगामी चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइसक्ने जनाएको छ ।

कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक एक करोड ४७ लाख सेट पुस्तकमध्ये करिब २५ लाख मात्रै छपाई गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । छपाइ गर्न बाँकी रहेको पाठ्यपुस्तक १० चैतभित्र सक्ने र १० गतेबाटै प्रदेश विक्री केन्द्रबाट विक्री वितरण शुरु गर्ने तयारी भईरहेको केन्द्रले जानकारी दिएकाे छ ।

केन्द्रले दैनिक दुई लाख पुस्तक छपाइ क्षमता रहेको र त्यसमा दैनिक एक लाख पुस्तक छपाइको काम भइरहेको जानकारी दिएको छ । केन्द्रले यसवर्ष दुई वटा बाइन्डिङ मेसिन थप गरेकोले काम छिटो भइरहेको जनाएकाे छ ।

जनक शिक्षा पाठ्यक्रम विकास केन्द्र भन्दा बाहेक ८ वटा प्रादेशिक व्रिकी केन्द्र र एक हजार २५० वितरण केन्द्रहरु रहेको छ ।