कुमाखमा योजना छ्नौटको चटारो, टोल टोल पुग्दै जनप्रतिनिधि

सल्यानको कुमाख गाँउपालिकामा आ.व. २०७९/०८० को लागि ७ वटै वडाले एकैसाथ आफ्ना टोल टोलबाट योजना संकलन गर्न सुरु गरेका छ्न।

वडा कार्यालयहरुको अगुवाईमा टोलस्तरमा योजना तर्जुमा भईरहेको छ। गाँउपालिकामा आगामी बर्षको बजेट असार १० गते भित्रै गाँउसभामा पेश गरिसक्नुपर्ने भएकोले अहिले सबै जनप्रतिनिधिहरु वडाहरुको योजना संकलन सम्बन्धी काममा ब्यस्त भएको गाँउपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले जानकारी दिनुभयो।

समुदायस्तर बाट प्राथमिकतामा सडक निर्माण,सिँचाई,शिक्षा र खानेपानी जस्ता पुर्वाधार निर्माणका योजनाहरु माग आउन थालेको छ र असार २ गतेदेखी योजना तर्जुमा थालेका छौँ, अब १० गतेसम्म सवै टोल टोलमा पुगेर योजना तर्जुमा हुने २ नंम्बर वडा अध्यक्ष ईश्वरी शाहिले जानकारी दिनुभयो।