‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रममा कर्णालीका पाँच हजारभन्दा बढी छोरीहरु सहभागी

कर्णाली – कर्णाली प्रदेशका २४ वटा स्थानीय तहबाट पाँच हजारभन्दा बढी छोरीहरु ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रममा सहभागी भएका छन् ।


आर्थिक वर्ष ०७७/०७८ मा कर्णालीका २४ वटा स्थानीय तहमा मात्रै पाँच हजार दुईसय ८० भन्दाबढी छोरीहरुले कार्यक्रममा सहभागी भएका हुन् । यो कार्यक्रम ७९ वटै स्थानीय तहमा कार्यक्रम लागू भएको छ । तर साउनको दोस्रो सातासम्म ५५ वटा स्थानीय तहले कार्यक्रमको विवरण पठाएका छैनन् ।-