कर्णाली कांग्रेसमा सबै पदाधिकारीमा संस्थापन पक्षको जित, सदस्यहरूकाे मत गणना जारी

सुर्खेत – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा संस्थापन पक्षले सबै पदाधिकारीमा जित हासिल गरेको छ । सभापतिमा निर्वाचित ललितजंग शाहीको प्यानल नै पदाधिकारीमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

 

सभापतिमा यसअघि नै प्रदेश जुम्लाका शाही ४२२ मत ल्याएर विजयी भएका थिए । बाँकी पदाधिकारीकाे नतिजा भने सार्वजनिक भएकाे थिएन ।

प्रदेश कार्य समितिको उपसभापतिमा कालीकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमार कार्की निर्वाचित भएका छन्। सहकारीले ४५७ मत ल्याए भने कार्कीले ४४३ मत ल्याएका छन्।

यस्तै महामन्त्रीमा सुर्खेतका निरञ्जन केसीले ४२५ र रुकुम पश्चिमका कृष्ण राेकायले ४२३ मत ल्याएर निर्वाचित भएका छन्।

सह-महामन्त्रीमा सुर्खेतका उपेन्द्रबहादुर थापाले ४३० र सल्यानका एकराज डाँगी ४५९ मत ल्याएर विजयी भएका छन् ।

सह-महामन्त्री महिलामा जाजरकोटकी रामछायाँकुमारी शाहीले ४२४ मत ल्याएर विजयी भइन् ।

सदस्यहरूकाे मत गणना भने जारी रहेकाे निर्वाचन समितिले जनाएकाे छ ।