संसदबाट एमसीसी सम्झौता अनुमोदन

प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो।

संसदले लामो विवाद र बहसपछि सम्झौता भएको चार वर्षमा एमसिसीसँगै यसको १२ बुँदे व्याख्यात्मक घोषणा समेत पारित गरेको हो।

सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन। एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए।

संसदबाट अनुमोदन भएसँगै ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ। उक्त आएको पैसा नेपालमा सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ।