वीरेन्द्रनगरमा खेलकुद तथा मनोरञ्जन पार्क निर्माणको शिल्यान्यास

सुर्खेत – वीरेन्द्रनगरमा खेल मैदान र देउडा पार्क निर्माणको शिल्यान्यास गरिएको छ । नगरपालिकाको इन्डोर र आउटडोर तथा दोस्रो क्रिकेट खेल मैदान र देउडा पार्क निर्माणको बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शिल्यान्यास गरेका हुन् ।

वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको यो क्षेत्रलाई वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको छ ।

चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजना दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बनाउन लागिएको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद मार्फत कार्यन्वयनमा आउने सो आयोजना अभियान कन्स्ट्रक्सन काठमाण्डौले निर्माण जिम्मा लिएको छ ।