विनयराज बिक ‘स्टार’ कांग्रेसमा फर्किए

रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका वडा नम्बर ६ का विनराज विक स्टार नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको छ । हिजाे नेपाली कांग्रेसबाट नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएका विनराज बुधबार पुन : नेपाली कांग्रेसमा प्रबेश गर्नुभएको हो ।

उहाँलाई नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका सचिव देब बहादुर कुसारी, पुर्व क्षेत्रिय सचिब लाेकेन्द्र खनाल क्षेत्रिय प्रतिनिधि पृथ्वीनारायण कुसारी नेपाली कांग्रेस बाँफिकोट ६ का सभापति तिर्थे खत्री लगायतका नेताहरुले टिका लगाएर स्वागत गर्नुभएको थियो ।

नबप्रबेशी विनराजले नेकपा माओवादी केन्द्रका नेताहरू जनताको पक्षकाभन्दा पनि आफ्नो व्यक्तिगत फाईदाका लागि मात्रै काम गरेकाले आफूले पार्टी छोडेको बताउनु भयो।

आफुलाई नेकपा माओवादी केन्द्रले झुटा आश्वासनमा झुक्याएर प्रवेश गराएको भन्दै यस्ता झुटा कुराका पछि नलाग्न सबै कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरू अहिले भ्रष्ट्रचारमा सक्रिय भएकाले नेकपा माओवादी केन्द्रमा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उहाँको भनाइ छ ।