
नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत रुकुम पश्चिमका चार पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जिल्लाको चौरजहारी नगरपालिकामा प्रेम बहादुर ओलीको नेतृत्वमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । त्यस्तै बाँफिकोट गाउँपालिकाको सभापतिमा जनककुमार बाँठा मगर र आठबिसकोट नगरपालिमा अमृत बोहराको नेतृत्वमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिका सभापतिमा दिपेन्द्र ओली र सानीभेरी गाउँपालिकाको सभापतिमा सन्तोष रोका सर्वसम्मत रुपमा चयन भएको नेपाली काङ्ग्रेस जिल्ला निर्वाचन समिति रुकुम पश्चिमले जानकारी दिएको छ ।
रुकुम पश्चिम मुसिकोट नगरपालिकामा नेतृत्व चयनमा सहमतिका लागी प्रयास गरिएको भए पनि सफल नहुदा निर्वाचन बाट निकास खोजिएको छ । मुसिकोट नगर सभापतिका लागी भएको निर्वाचनमा प्रेम बहादुर ओलीले अर्का प्रतिद्वन्द्वी समिर जङ्ग मल्ल लाई ९४ मत ले पराजित गरेका हुन। कुल २४७ क्षेत्रीय प्रतिनिधि रहेको मुसिकोट नपामा २३७ मत खसेको थियो । सभापति निर्वाचित प्रेम बहादुर ओलीले १६० र प्रतिद्वन्दी समिर जङ्ग मल्ल्ले ६६ मत प्राप्त गर्नु भएको थियो ।

हेलो कर्णाली । १० आश्विन २०७८, आईतवार १०:५१