अमेरिकामा एक नेपालीकाे बिहीबार मृत्यु भएको छ ।
दुई वर्षअघि अबैध बाटाे अमेरिका पुगेका रूकुम पुर्व सिस्ने गाउँपालिका ३ का वसन्त शर्माकाे क्षयरोगको संक्रमणका कारण मृत्यु भएकाे हाे ।
उनी बिगत तीन महिनादेखि न्यूयाेर्ककाे जर्सीस्थित मोनमाउथ मेडिकल सेन्टर अस्पतालमा उपचाररत थिए ।
संक्रमण फोक्सोबाट बढेर दिमागको बाँया भागमा समेत पुगेकेको अस्पतालले बताएको थियो । सुरुदेखि नै भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।
२०७९ पुसमा अबैध बाटाेबाट ९० लाख रुपैयाँ दलाललाई बुझाएर उनी अमेरिका पुगेका थिए । वसन्तको घरमा आमा, श्रीमती र दुई छोरी छन् ।
कर्णाली प्रदेशमा बिषेशगरि रुकुम र आसपास क्षेत्रबाट धेरै मानिस मानव तस्करका माध्यमबाट अवैध तरिकाले अमेरिकालगायतका विभिन्न देशमा जाने गरेका छन् ।
हेलो कर्णाली । १८ फाल्गुन २०८०, शुक्रबार १०:४८