यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो


काठमाडौँ – यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ ।

प्रहरी परिसर काठमाडौँका अधिकारीका अनुसार क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार उनकै कार्यकक्ष मिनभवनमा कालोमोसो दलेको बताइएको छ ।

पछिल्लो समय लाइसेन्स वितरणमा घोटाला भएको विषय बाहिरिए पछि अख्तियारले समेत छानबिन गरिरहेको छ ।