विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित

काठमाडौं- नेपाल खानेपानी संस्थानले एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित गरेको छ। २०६७ सालको विज्ञापनको नतिजा अहिले सार्वजनिक भएको हो।

सर्वोच्च अदालतको स्टे अर्डरका कारण रोकिएको नतिजा दुई वर्षअघि फुकुवा भएको थियो। त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ। पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वरमा सम्पर्क राख्न भनिएको छ।