नेपाली काङ्ग्रेस चौरजहारीको जनभेटघाट तथा सचेतना अभियान सुरु

नेपाली काङ्ग्रेस चौरजहारीले सर्वसाधारण सङ्ग भेटघाट तथा सचेतना अभियान आज देखि सुरु गरेको छ । चौरजहारी नगरपालिका वडा न ८ बाट अभियान सुरु गरिएको नेपाली काङ्ग्रेस चौरजहारी नगर कार्य समितीका सचिव लक्ष्मण ओलीले जानकारी दिनु भयो ।

माघ १७ गते खोलागाउमा बसेको नगर कार्य समितीको निर्णय अनुसार अभियान थालिएको बताइएको छ । अभियान अन्तर्गत वडा कार्यालयहरुको स्थापना र उद्घाटन, टोल कार्यसमिती निर्माण, वडा स्तरीय जनबर्गीय संगठनको निर्माण लगायत स्थानीय सरकारका काम कारबाहीको समिक्षा गर्दै जनतालाई स्थानीय सरकारका गलत कृयाकलापको बारेमा सुसूचित गराईने कार्यक्रम रहेको सचिव ओलीले बताउनु भयो । कार्यक्रममा बोल्दै नगर सभापति प्रेम बहादुर ओलीले स्थानीय सरकार जनजिविकाका सवालमा भन्दा पनि निश्चित समूहको स्वार्थपूर्तीमा केन्द्रीत भएकोले नीति निर्माणमा हुने भ्रष्टाचार, विकास निर्माणका नाममा हुने अनियमितता र अनावश्यक रुपमा जनता माथी  थोपरिएका करहरुका बिषयमा सचेत रहदै खबरदारी गर्न आग्रह गर्नु भयो ।

नेपाली काङ्ग्रेस प्रदेश सभा (ख) का सभापति भद्र बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर सभापति प्रेम बहादुर ओली, सचिव लक्ष्मण ओली तरुण दल चौरजहारीका अध्यक्ष यदु कुमार आचार्य लगायत स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वडा कार्यसमिती सभापती गणेश बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रमको संचालन मनवीर बुढाथोकीले गर्नु भएको थियो ।

जनभेटघाट तथा सचेतना अभियान नगरपालिकाका १४ ओटै वडामा संचालन गरिने नेपाली काङ्रेस चौरजहारीले जनाएको छ ।