रुकुम पश्चिममा मंसिर २० गते भएको जन्ती बस दुर्घटनाका पीडित र बस मालिक तथा यातायात समितिबीच सहमति पछि पिडितहरुले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा रुकुममा भएको छलफलमा पीडितहरुलाई सिस्ने हिमाल यातायात प्रा.लि र दुई जना बस धनीले क्षतिपूर्ति वापत २७ लाख रुपैयाँ दिने सहमति भए पछि यातायात बन्द फिर्ता भएको हो ।
बस दुर्घटना भएको लामो समय सम्म क्षतिपूर्ति नपाएको भन्दै पीडितले आज विहानदेखि यातायात बन्दको आह्वान गरेका थिए ।
हेलो कर्णाली । २५ फाल्गुन २०७८, बुधबार १४:५९