नेपालगन्जको भाटभटेनी लाई दुई लाख जरिवाना

बाँके जिल्लाको संयुक्त बजार अनुगमन टोलीले नेपालगंजमा रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर लाई दुइ लाख रुपैयाँ जरिवाना गरेको छ “डग फुड्स” बढी मुल्यमा बिक्रिवितरण गरेको पाइएकोले सो जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो । सोहि टोलीले बिहिबार खजुरा बजारमा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुइवटा व्यापारिक फर्मलाई सत्तरी हजार रुपैयाँ जरिवाना गरेको छ । साथै लेवल नलगाइएका करिब चार सय बोरा चामल बिक्रीवितरणमा रोक लगाइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार मुल्य बराबरको खाद्य सामग्री समेत नष्ट गरिएको छ । अनुगमनका कर्ममा पसलहरुमा मुल्य सुची नियमित रुपमा अद्यावधिक गर्न, उपभोक्ता झुक्याउने काम नगर्न र लेवल नभएका सामग्री खरिद बिक्रि नगर्न एवं बिल बिजक राख्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो । बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, सोहि कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, जिल्ला प्रशासन कर्यालयका महेश्वर पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका विवेक सुवेदी,नेपालगन्ज उपमहानगरपालिका प्रशासकीय अधिकृत तथा उपभोक्ता हित संरक्षण समिति सदस्य सचिव प्रविण राना, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय सदस्य वसन्त गौतम लगायतको सहभागिता रहेको थियो ।