काङ्रेसमै फर्किए चन्द्रबहादुर                     

चन्द्र बहादुर सुनार कांग्रेसमा फर्किनुभएकाे छ । केही समय अघि माओवादी केन्द्रमा प्रवेश गर्नुभएका चन्द्र बहादुर फेरी कांग्रेसमै आउनुभएकाे हाे । आज कांग्रेसमा आउनुभएका सुनारले आफुलाई माओवादीले विभिन्न झुटा कुरा गरेर झुक्याएर प्रवेश गराएकाे भन्दै यस्ता झुटा कुराका पछि नलाग्न सबैमा अनुराेध गर्नुभएकाे छ । आफुलाई माओवादीले दस हजार रुपैयाँ दिने ५९ वर्ष पुगेपछि वृद्धा भत्ता मिलाईदिने भन्दै झुक्याएर लिएकाे उहाँको भनाई रहेकाे छ । माओवादीका भ्रमपूर्ण  कुरा पछि आएर बुझेपछि आफु कांग्रेस फर्किएकाे बताउनुभयाे ।

चन्द्रबहादुरले जनताकाे भरोसा गर्नु पर्ने पार्टी कांग्रेस भएकाले सबै कांग्रेसमा लाग्न अपिल समेत गर्नुभएको छ । कांग्रेसमा फर्किनुभएकाे चन्द्र बहादुर सुनारलाई नेपाली कांग्रेस बाँफिकाेट गाउँपालिका सचिव देब बहादुर कुसारी सदस्य झर बहादुर शाही नेपाली कांग्रेस बाँफिकाेट ६ का सभापति तिर्थे खत्री लगायतले स्वागत गर्नुभएकाे थियाे ।