अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध विभिन्न संघ संगठन निरन्तन बिरोध प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले सडकमा टायर बालेपछि नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। माइतीघर–नयाँ बानेश्वर, नयाँ बानेश्वर–कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रदर्शनकारीले सडकमा टायर बाल्दै एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन ।

हेलो कर्णाली । ६ फाल्गुन २०७८, शुक्रबार १३:५९