एमाले कर्णालीमा आज ७ जिल्लाका प्रतिनिधि चयन हुदै, राष्ट्रियसभाका लागि ९ जना सिफारिश

नेकपा (एमाले) को जिल्ला अधिवेशनका लागि आज शनिबार कर्णालीका ७ जिल्लामा प्रतिनिधि चयन गरिने भएको छ।

एमाले प्रदेश कमिटीका अनुसार रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, मुगु, हुम्ला र डोल्पामा आजै प्रतिनिधि चयन गरिने छ। एमालेको जिल्ला अधिवेशन पुस २३ गने तोकिएको र जिल्ला अधिवेशनका लागि जिल्लाहरूले तयारी तीव्र पारिसकेका छन् ।

त्यसबाहेक जुम्ला २० गते र जाजरकोटमा १८ गते प्रतिनिधि चयन गरिने छ भने कालिकोटका शुक्रबार प्रतिनिधि चयन गरिसकिएको छ ।

आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावका लागि कर्णालीबाट तिन ‘कलष्टर’ मा ९ जनाको नाम सिफारिश गरिएको छ ।

सुर्खेतका चुडामणी शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनारलाई सिफारिश गरिएको छ भने महिलातर्फ जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ् भोटे लामालाई सिफारिश गरिएको छ ।

यस्तै अपाङ्गता तर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीलाई सिफारिश गरिएको छ ।

पार्टीले उल्लेखित नामबाट तीन जनालाई छान्ने छ ।