जनयुद्ध दिवसमा रुकुम पूर्व र पश्चिमका आठ वटा स्थानीय तहमा सार्वजनिक बिदा

रुकुम पश्चिम – जनयुद्ध दिवसको अवसरमा फागुन १ गते रुकुम पश्चिमका पाँच वटा र रुकुम पूर्वका तीन वटै स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

सार्वजनिक बिदाका दिन पालिका भित्रका वडा कार्यालय, शैक्षिक सस्था लगायका कार्यालयहरुमा बिदा हुने जनाईएको छ ।

रुकुम पश्चिमका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय सार्वजकि गरेका हुन् ।

मुसिकोट नगरपालिकाले भने बिदा दिने निर्णय हालसम्म गरेको छैन ।

त्यसैगरी रुकुम पूर्वका सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाले पनि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा फूटबल प्रतियोगिताको आयोजना गरिएको बताईएको छ । सानीभेरीमा गुरिल्ला म्याराथन आयोजना गरिएको छ । त्यसैगरी बाँफिकोट गाउँपालिकाे सहिद पार्कमा मेलाको आयोजना गरिएको छ ।

संघीय सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा सार्वजनिक बिदा दिने गरेकाे निर्णयलाई सर्वोच्च अदालतले खारेज गरे पछि गृह मन्त्रालयले सार्वजनिक बिदा नरहेको सुचना जारी गरेकाे थियाे ।