नेपाली कांग्रेस प्रदेश सभा (ख )को क्षेत्रीय कार्यालय उद्घाटन

नेपाली कांग्रेस रुकुम पश्चिम प्रदेश सभा (ख ) को क्षेत्रीय कार्यसमितिको कार्यालय उद्घाटन गरिएको छ ।पप्रजातन्त्र दिवसको अवसर पारी रुकुम  पश्चिम  प्रदेश सभा (ख) अन्तर्गत सानोभेरी गाउँपालिकाको सिम्लीमा एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महासमिति सदस्य तिलक भण्डारी र महाधिवेशन प्रतिनिधि खडक डाँगीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नु भएको थियो ।

नेपाली कांग्रेसका  महासमिति सदस्य तिलक भण्डारी को प्रमुख आतिथ्यता र महाधिवेशन प्रतिनिधि खडक डाँगी विशेष आतिथ्यतामा  भएको कार्यक्रममा , प्रदेश प्रतिनिधि रीप बहादुर ओली, नेपाल तरुण दल जिल्ला अध्यक्ष लोकेन्द्र केसी लगायतले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रममा बोल्दै महासमिति सदसय भण्डारीले माओबादीले लालकिल्ला भन्ने रुकुम अब लाल किल्ला नरहने र त्यसका लागी नेपाली कांग्रेसका कार्यकर्ता वैचारिक रुपमा प्रशिक्षित र सांगठानिक रुपमा एकताबद्द भएर अघि बढ्नु पर्ने बताउनु भयो । भण्डारीले भन्नु भयो  ” हामी पार्टी भित्र देखिएका विवादहरुलाई आपसी समझदारी बाट टुंग्याएर आगामी निर्वाचनहरुमा पार्टीलाई  विजयी गराउन हातेमाले गर्दै अगाडी बढ्ने छौ।”

नेपाली कांग्रेस रुकुम पश्चिम प्रदेश सभा (ख )का क्षेत्रीय सभापति भद्र बहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव इन्द्र खद्काले गर्नु भएको थियो ।

आजै बसेको प्रदेश (ख ) क्षेत्रीय कार्यसमितिको बैठकले संगठन विस्तार लगायतका बिभिन्न निर्णय गरेको छ।