कर्णाली सभामुख गुरुङद्वारा पार्टी सदस्यता परित्याग

सुर्खेत – कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गरेकी छन् । एक विज्ञप्ति जारी गर्दै बुधबार उनले पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएकी छन् ।

नेकपा एमालेको प्रदेश कमिटी सदस्य रहेकी गुरुङ सत्ता गठबन्धनका तर्फबाट माघ १ गते सभामुखमा निर्वाचित भएकी थिइन् ।

जारी विज्ञप्तिमा सभामुख गुरुङले सभामुख पदमा रहँदा साझा भूमिका निभाउनुपर्ने भएकाले संवैधानिक प्रावधानप्रति प्रतिबद्ध हुँदै आबद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट टाढा रहेको बताइएको छ ।