नेत्र विक्रम चन्द (विप्लव) समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई मोसो र जुत्ताको माला लगाएको छ । उक्त पार्टीको युवा संगठन नेपालका जाजरकोट जिल्ला ईन्चार्ज विवश र अध्यक्ष डि.आर.ले सोमबार एक बिज्ञप्ती जारी गर्दै जैसीलाई कारबाही गरिएको बताएका छन ।
विज्ञप्ति मार्फत युवा सङठन नेपालले जैसी माथी ६ महिना सम्मको अनुसन्धान बाट प्राप्त प्रमाणको आधारमा उनी भ्रष्टाचार, कमिसन, अनियमितता, मनोमानीमा लिप्त रहेको को पाईएकोले मोसो र जुत्ताको माला लगाई कारबाहि गरिएकाे बताईएको छ ।
हेर्नुस विज्ञप्ति :


रबि रस गिरी । ३० फाल्गुन २०७८, सोमबार १४:२०