लुम्बिनी प्रदेश कमिटीका ६ सहित २१ नेता एमालेबाट निष्काशित

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ नेता कारबाहीमा परेका छन्। पार्टीको निर्णयविरुद्ध काम गरेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको प्रदेश र जिल्ला कमिटीले जानकारी दिएका हुन्।

निष्काशित हुनेमा प्रदेश कमिटीका सदस्यहरू कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहेका छन्।

रुपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकासहित १५ जनालाई पनि साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गरिएको एमाले रुपन्देहीले जानकारी दिएको छ।

देवदह नगरपालिका–१ का हरिबहादुर तामाङ, वडा नम्बर ५ का तोलराज विक, वडा नम्बर ७ का पदम थापा, ओमसतिया गाउँपालिका वडा नम्बर २ का इन्द्रजित यादव, वडा नम्बर ४ का बेचुराम जैयसवाल र वडा नम्बर ४ का रामशंकर चाई निष्काशित भएका हुन्।

यस्तै रोहिणी गाउँपालिका वडा नम्बर १ का अनिता हरिजन, २ का कान्छा कोहार, ४ का नन्दकिशोर कुर्मी, ५ का पशुपतिनाथ यादव, बुटवल उपमहानगरपालिका वडा नम्बर १६ की बबिता आचार्य, सियारी गाउँपालिका वडा नम्बर ४ का श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नम्बर ६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का हरी पाण्डे र ५ का हरी पौडेलले एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएपछि निष्काशित भएका हुन्।