नेकपा माओवादी (केन्द्र)चौरजहारी नगरपालिका वडा नं. ३ को अध्यक्षमा मोती पोखरेल

नेकपा माओबादी केन्द्र चौरजहारी नगरपालिका वडा नं. ३ को अध्यक्षमा मोती प्रसाद पोखरेल चयन हुनु भएको छ । शनिबार सम्पन्न वडा सम्मेलनले पोखरेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो।
यसै गरि सम्मेलनले उपाध्यक्षमा गोरख रोकाय सचिबमा टिकाराम बस्नेत सहसचिवमा विरेन्द्र बटाला, कोषाध्यक्षमा साबित्रा पोखरेल  सहित २९ सदस्यीय वडा कमिटी गठन गरेको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य गणेश पोखरेलले जानकारी दिनु भयो ।
सर्वसम्मत रुपमा चयन भएको वडा कमिटीलाई निर्वाचन अधिकृत टोप बहादुर के. सी.ले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । आफ्नो वडामा पार्टीलाई अझै बलियो बनाउदै लैजाने बताउनु भएका नवनिर्वाचित अध्यक्ष पोखरेललाई आगामी स्थानीय निर्वाचनमा नेकपा माओवादी (केन्द्र) वडा नं ३ को अध्यक्षका उमेदवारका रुपमा हेरिएको छ ।