ओलीको एकमनावाद – ‘एमाले’ र प्रचण्डको निजी ‘सुरक्षा दल’ – ‘माओवादी केन्द्र’ !

काठमाडौं – राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली कांग्रेसको १४औं महाधिवेशन एमाले र माओवादी केन्द्रको महाधिवेशन भन्दा सयौं गुणा लोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।

हालै सम्पन्न कांग्रेसको महाधिवेशनले लोकतान्त्रिक प्रक्रियाको अभ्यास गरेको भए पनि एमाले र माओवादी केन्द्र व्यक्तिवादी केन्द्रीत भएको उनको प्रतिक्रिया छ । उनले सामाजिक संजालमा लेखेका छन्,‘ओलीको एकमनावाद, निर्वाचनमा व्यक्तिवादी निर्देशन र प्रतिनिधिको दासत्व साथै माओवादी केन्द्र दल नभइ प्रचण्डको निजी ‘सुरक्षा दल’ का रुपमा चित्रण गरेका छन् ।

उनले लेखेका छन्,‘एमालेको महाधिवेशनमा देखिएको केपी ओलीको एकमनावाद, निर्वाचनमा व्यक्तिवादी निर्देशन र प्रतिनिधिको दासत्वलाई मात्र सर्सती हेर्ने हो भने काँग्रेसको महाधिवेशन सयौं गुणा बढी लोकतान्त्रिक छ। र प्रतिनिधि स्वतन्त्र छन्। माओवादीको कुरै नगरौं। त्यो दल होइन, प्रचण्डको निजी ‘सुरक्षा दल’ हो।’

गएको मंसिर १० देखि १४ गते सम्म चितवनमा भएको एमालेको १० औं महाधिवेशनले चुनावी प्रक्रिया र लोकतान्त्रिक विधिलाई वेवास्ता गर्दै केपी ओलीलाई अध्यक्षमा चयन गरेको थियो ।

त्यस्तै माओवादी केन्द्रले पनि राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गर्दैछ । उक्त सम्मेलनबाट पुष्पकमल दाहाल प्रचण्ड नै अध्यक्षमा दोहोरिने संभावना छ ।