पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु


बुटवल – पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको र मृतक र घाइतेहरूको पहिचान अझै खुल्न नसकेकाे जानकारी प्रहरीले दिएकाे छ ।