मन्त्रालय बाँडफाँट टुङ्ग्याउन गठबन्धनकाे बैठक बस्दै

काठमाडौँ – नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् ।

दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएकाेका छ ।

कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।

आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ । एमालेका, माओवादीका र रास्वपाका ३ मन्त्रीले सोमबार विना विभागीय मन्त्रीकारुपमा सपथग्रहण गरेका छन् ।