धानको समर्थन मूल्य तोकियो

चालू आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकिएको छ।

मोटा धान प्रति क्विन्टल दुई हजार ७ सय ५२ र मध्यम धान दुई हजार ९ सय २ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए।

उनका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा यस वर्ष प्रति क्विन्टल १७ रुपैयाँले बढाइएको छ।

सरकारले गत आर्थिक वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धान २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो।

गत वर्ष असारे धान लगाउनु पूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो। यस वर्ष भने दुई महिना ढिला भएको छ।