
नेपालमा पछिल्लो २४ घण्टामा १०७०३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८८१५ र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २३०९२ जनामा कोरोना परीक्षण गरिएको थियो।
देशभर ६५३७४ जना कोरोनाका सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११६३५ छ।
यस्तै ७६६ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८१९५७५ पुगेको छ।
यस्तै कोरोनाबाट निको हुनेको दर ९१.४ प्रतिशत छ।
काठमाडौं उपत्यकामा ५२९९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ संक्रमित थपिएका छन्।

हेलो कर्णाली । ७ माघ २०७८, शुक्रबार १६:३१