कर्णाली प्रदेश लोकसेवाद्वारा विभिन्न पदमा विज्ञापन आह्वान

सुर्खेत – कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ। प्राविधि र अप्राविधिकतर्फ आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो।

आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ।

योग्यता पुगेका उमेदवारहरूले पुस १८ गतेसम्म दरखास्त दिन सक्नेछन्। तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।