स्थानीय तह निर्वाचनको दिन नजिकिँदै जाँदा कुमाख गाँउपालिकाको चुनावी सरगर्मी झन बढेको छ। उम्मेदवारहरूले चुनाव प्रचार तीव्र पार्दै लगेका छन्।गाँउपालिका अध्यक्षमा माओबादीका तर्फबाट डिल्लिराज जैसी र नेपाली काँग्रेसबाट मान बहादुर बुढाथोकी बिच मुख्य प्रतिस्पर्धा हुने भएको हो। अघिल्लो स्थानिय निर्वाचनका डिल्लीराज जैसी माओबादी केन्द्रबाट उपाध्यक्ष पदका निर्बाचित जनप्रतिनिधी हुन भने नेपाली काँग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी सफल ब्यबसायी हुन। त्यस्तै उपाध्यक्षमा माओवादीका तर्फबाट धनसरा मल्ल र एमालेका लाल बहादुर रावत बिच प्रतिष्पर्धा हुने भएको छ ।
स्थानीय तहको निर्वाचन २०७४ लाई हेर्ने हो भने ७ वडा रहेको कुमाख गाँउपालिकामा माओबादीले अध्यक्ष,उपाध्यक्ष सहित वडा नं ३,४,५,६,७ मा विजय हासिल गरेको थियो भने १ नं. वडा मा कांग्रेस र २ नं वडामा एमालेले जित हासिल गरेको थियो । तर अहिले काँग्रेस र एमाले बिच चुनावी तालमेल भएकोले माओबादीका लागि अघिल्लो निर्वाचन जस्तो सहज भने छैन । उत्तिकै रुपमा काँग्रेस र एमालेलाई पनि माओबादीको बलियो पकड मानिएको कुमाख गाँउपालिकामा जित्नको निम्ति निकै कठिन छ। त्यसैले यसपटक कुमाख गाँउपालिकाको चुनाव थप रोचक हुने देखिन्छ। निर्वाचनको परिणाम आंकलन गर्न निकै गाह्रो छ। घरदैलो अभियान र चुनावी माहोलको बारेमा संक्षिप्त प्रतिक्रिया लिना खोज्दा डिल्ली राज जैसीले कुनै प्रतिक्रिया दिनुभएन। यता माओबादीले अघिल्लो स्थानिय निर्वाचनको मतपरिणाम अनुसार पाँच वर्षको नेतृत्व लिँदा कछुवाको गतिमा काम गरेको,आफन्तबाद,कृपावाद व्याप्त भएकोले कुमाखी जनता माओबादी बाट रुष्ट भएकोले चुनाव जित्नेमा पूर्णरुपमा आशावादी रहेको काँग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकीले बताउनु भएको छ। कुमाखका मतदाता समक्ष मत माग्न सबै दलका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन्। अघिल्लो निर्वाचनको परिणाम बिश्लेषण गर्दै जितेका स्थानमा आफ्नो विरासत जोगाउना माओबादी केन्द्र लागिपरेको छ भने काँग्रेस र एमाले, माओबादीको पकड भत्काउन र आफ्नो पक्षमा परिणाम निकाल्न यी मुख्य प्रतिष्पर्धी दलहरु रणनीति र जोडघटाउमा निकै लागि परेका छ्न र मतदातालाई आफ्नो पक्षमा पार्न पनि त्यत्तिकै सक्रिय छन् ।

मिसर कुमार आचार्य । २५ बैशाख २०७९, आईतवार ०९:०४