बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा आमा र छोरा सँगै सहभागी भएका छन् । दैलेख जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनी स्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र उनका १८ वर्षीय छोरा दिनेशले परीक्षा दिएका हुन ।

पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै टीकाकुमारीले आफूले छोरासँगै परीक्षा दिन लागेको र जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने बताइन् ।
कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुरेको हो ।

हेलो कर्णाली । ३१ भाद्र २०७८, बिहीबार १४:१७